४ जेठ, २०८१ शुक्रबार

11:40:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

१५ फागुन, २०७८

नेप्सेले प्रतिकित्ता ६ सय ८४ रूपैयाँ ४८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।  कम्पनीको ६.६५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ८४ रूपैयाँ ४८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । आइतबारको अन्तिम कारोबार मूल्य ७ सय ३० रूपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

फागुन ६ गते शुक्रबार बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २८ औं वार्षिक साधारण सभा फागुन ३० गते कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।