३ जेठ, २०८१ बिहिबार

08:57:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ७.७३ अंकले ओरालो, हाइड्रोपावरमा बढ्दो आकर्षण

१५ फागुन, २०७८

सेयर बजार ७.७३ अंकले ओरालो,  हाइड्रोपावरमा बढ्दो आकर्षण

काठमाण्डौं
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । घटेको बजारमा हाइड्रोपावरको सेयर मूल्य बढेसँगै लगानीकर्ताहरू हाइड्रोपावर प्रति आकर्षित बनेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा झरेको छ । नेप्से ०.२९ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ५०६.८४ विन्दुमा झरेको छ । 

कूल २ सय २४ वटा कम्पनीको ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्रोपावर उपसमूह र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

आइतबार युनिभर्सल पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ४४ लाख २४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यसै दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशतले बढेर ४ सय ६९ रूपैयाँ ९० पैसा पुगेको छ ।

सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ ।  कम्पनीको सेयरमूल्य ४.५८ अंकले घटेर ७ सय ३० रूपैयाँमा झरेको छ ।