४ जेठ, २०८१ शुक्रबार

08:42:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

१५ फागुन, २०७८

सभाले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

काठमाडौं
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १६ गते एक दिन बुकक्लोज गर्दैछ।  यस अनुसार फागुन १५ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेस हुनेछ ।