४ जेठ, २०८१ शुक्रबार

01:20:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कस्तो रहला आइतबारको सेयर बजारको अवस्था ?

१५ फागुन, २०७८

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको थियो ।

कस्तो रहला आइतबारको सेयर बजारको अवस्था ?

काठमाडौं
सेयर बजारमा लगानीकर्ताहरुको ओहीरो लाग्ने गरेको छ । पहिला पहिला सेयर भनेको के हो भनेर नबुजेका कारण लगानीकर्ताहरु लगानि गर्न डराउने गरेको थिए । सेयर बजारबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजाप्रति सर्वसाधारणको आकर्षण बढेको हो ।

आजभोलि हर ठाउँमा सेयर बजारको चर्चा हुने गरेको छ । होटल, रेष्टुरेन्ट, चिया पसल, मेलापात, स्कुल कलेजका कक्षा कोठा र गाडीमा यात्रा गर्ने क्रममा समेत सेयर बजारको चर्चा हुने गरेको देखिन्छ ।  विशेषगरि लगानीकर्ताहरुले सेयर बजारको कारोबार हुनुभन्दा अघि आजको सेयर बजारको अवस्था कस्तो रहने होला भन्दै सोच्ने गरेका हुन्छन । पछिल्लो समय सेयर बजारमा दिनप्रति दिन उताव चडाप भइरहो छ । साताको अन्तिम दिन बिहिबार सेयर बजार ओरालो लागेको थियो ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको थियो । बिहिबार नेप्से २.१७ प्रतिशतले घट्दा  सेन्सेटिभ परिसूचक पनि १०.३६ अंकले घटेर ५०७.५८ विन्दुमा झरेको थियो ।  बिहीबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको थियो । भने युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका थिए ।