८ मंसिर, २०८१ शनिबार
12:21:17 AM
१४ फागुन, २०७८
आगोले जलेका झापाका दुई घाइतेको उपचार चल्दै
नेपाल विजनेश समाचारदाता,
काठमाडौं । मुलुकका विभिन्न चार जिल्लाको विभिन्न व्यवसायिक क्षेत्रमा शुक्रबार आगलागी भएको छ । सुनसरी, झापा, सर्लाही र मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसमध्य तीन जिल्लामा मात्रै रु ६० लाख बढीको क्षति भएको छ भने झापाका चार होटलमा लागेको आगोको क्षतिको विवरण आउन बाँकी छ ।
त्यसमध्य तीन जिल्लामा मात्रै रु ६० लाख बढीको क्षति भएको छ भने झापाका चार होटलमा लागेको आगोको क्षतिको विवरण आउन बाँकी छ ।
सुनसरी, धरान उपमहानगरपालिका १६ गणतन्त्र बस्ती बस्ने शुक्रमाया तामाङको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा घर तथा घरभित्र रहेको लत्ताकपडा, भाडावर्तन, अन्नपात लगायतका सरसामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
यस्तै सर्लाही, हरिपुर नगरपालिका ८ ठुलो जगतपुरस्थित सिटी विनायक एग्रिगेट क्रसरमा बिद्युत सर्ट भई आगलागी हुँदा गिटी र अलकत्रा मिसाउने मेशिन जलेर करिब २० लाख बराबरको धनमाल नष्ट भएको छ ।
झापा, शिवसताक्षी नगरपालिका १० दोमुखास्थित दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा बिद्युत सर्ट भई आगलागी हुँदा सोही भवनमा रहेका ४ जनाको ४ वटा होटल र दोमुखा युवा क्लबको अफिस पूर्णरुपमा जलेर क्षति भएको छ ।
आगलागीमा घाइते भएका २ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । आगलागीबाट भएको क्षतिको बिवरण हाल खुलेको छैन ।
यता मकवानपुर, कैलाश गाउँपालिका १० बेतिनी बस्ने खड्गबहादुर तितुङको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतको सरसामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा ती ठाउँका आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।