४ जेठ, २०८१ शुक्रबार

04:05:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा १२ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

१३ फागुन, २०७८

फागुन ८ गते अइतबारदेखि फागुन १३ गते शुक्रबारसम्म नेप्सेमा १२ कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा १२ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । फागुन ८ गते अइतबारदेखि फागुन १३ गते शुक्रबारसम्म नेप्सेमा विभिन्न १२ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

१. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस बापतको ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

२. मितेरी डेभलपमेन्ट बैंक

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा बैंकको १३.३० प्रतिशत बोनस बापतको १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता सेयर सूचिकृत भएको हो । बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

३. प्रभु बैंक लिमिटेड

प्रभु बैंक लिमिटेड को १२ प्रतिशत बोनस बापतको १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४. ग्लोबल आईएमई बैंक लिमिटेड

ग्लोबल आईएमई बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ कित्ता सेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

५. बुटवल पावर कम्पनी लिमिटेड

बुटवल पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको २९ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

६. फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

७. गुडविल फाइनान्स कम्पनी लिमिटेड

गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९ दशमलव १ प्रतिशत बोनस बापतको ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस सेयर सूचिकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ दशमलव १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ दशमलव ९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

८. नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

९.नेपाल बङ्गलादेश बैंक लिमिटेड

नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको १ करोड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

१०. सनराइज बैंक लिमिटेड

सनराइज बैंक लिमिटेडको ६ दशमलव ६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

११. लक्ष्मी बैंक लिमिटेड

लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

१२. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ दशमलव ५००४ प्रतिशत बोनस बापतको १० लाख ८६ हजार ६ सय ५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।