२३ बैशाख, २०८१ आइतबार

07:36:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुसमाथि आर्थिक प्रतिबन्ध सुरु, अन्य क्षेत्रमा पनि प्रतिबन्ध लगाउने इयूको निर्णय

१३ फागुन, २०७८

अहिले सम्म करिब १ सय ३७ युक्रेनी नागरिक तथा सैनीकहरुले ज्यान गुमाएको अन्तराष्ट्रिय सञ्चार माध्यायमहरुले समाचार लेखेका छन् ।

रुसमाथि आर्थिक प्रतिबन्ध सुरु, अन्य क्षेत्रमा पनि प्रतिबन्ध लगाउने इयूको निर्णय

एजेन्सि/राज कुमार अधिकारी । 
अहिले रुस युक्रेन संकट चरम उत्कर्षमा पुगेको छ । युक्रेनमाथि रुसले निरन्तर आक्रमण जारी राखेको छ । युक्रेनको राजधानी किएभ लगायतका क्षेत्रमा निरन्तर विस्फोट भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । 

युद्धको प्रत्यक्ष मारमा युक्रेनी नागरिक र त्यहाँ रहेका आप्रवासीहरु परेका छन । अहिले सम्म करिब १ सय ३७ युक्रेनी नागरिक तथा सैनीकहरुले ज्यान गुमाएको अन्तराष्ट्रिय सञ्चार माध्यायमहरुले समाचार लेखेका छन् । 

यसैबीच यूरोपियन यूनियनका देशहरुले रुसको कदमको घोर निन्दा गर्दै रुसमाथि विभिन्न खालका प्रतिबन्ध लगाउने घोषणा गरेका छन । युरोपेली सङ्घका शीर्ष नेतृत्वकर्ताहरूले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका हुन । युरोपियन देशका नेताहरु बिहिबार बेल्जियको ब्रसेल्समा एक आकस्मिक बैठक आयोजना गरि रुसमाथि प्रतिबन्ध लगाउन सहमत भएका हुन ।

उक्त आकस्मिक बैठकमा रुसमाथि मुख्य गरि वित्तिय, उर्जा, यातायात, आयात निर्यात, भिषा नीति लगायतका क्षेत्रमा रुसमाथि कडा कदम चाल्ने निष्कर्ष निकालेका छन । त्यस्तै युरोपियन आयोगका अध्यक्ष उर्सुला वोन डे लेएन ले युक्रेन तथा युरोपियन देशहरुको भविष्यका लागि भएपनि रुसका उद्योगहरुमाथि कडा प्रतिबन्ध लगाउने बताउनु भएको छ ।

साथै बेल्जियमका प्रधानमन्त्री अलेक्जेण्डर डे क्रो ले रुसमाथि तत्काल कडा प्रतिबन्ध आवश्यक रहेको र त्यो प्रतिबन्ध प्रतिबन्धका लागि मात्र नभइ रुसमाथि विषम परिस्थिति शिर्जना हुने खालको हुनुपर्ने कुरामा जोड दिनुभएको छ । उहाँले रुसका कुलिन र शैन्य औधोगिक कम्प्लेक्सहरुलाई प्रत्यक्ष प्रभाव पर्ने गरि प्रतिबन्ध लगाउने बताउनुभयो ।

विभिन्न देशहरुले रुसको कदमको चौतर्फि भर्सना गर्दै विभिन्न प्रतिबन्ध लगाउँदा पनि रुस पछि नहट्ने अडानका साथ युक्रेनमाथि प्रहार जारी राखेको छ । आफ्नो कदमको प्रतिरक्षा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको रक्षाका लागि युक्रेनमाथीको आक्रमण बाहेक अन्य कुनै विकल्प नरहेको बताउनु भएको छ ।