८ मंसिर, २०८१ शनिबार

12:56:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पासपोर्ट र भिसा विनै विमानमा पुगेका यात्रु बारे अनुसन्धान सुरु

१३ फागुन, २०७८

नारायण प्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्य छानबिन समिति गठन

पासपोर्ट र भिसा विनै विमानमा पुगेका यात्रु बारे अनुसन्धान सुरु

काठमाडौं
पासपोर्ट र भिसा विनै त्रिभुवन विमानस्थल पुगेको सम्बन्धमा गृह मन्त्रालयले छानविन सुरु गरेको छ । गृह मन्त्रालयले यससम्बन्धमा छानविन गर्न ९ सदस्यीय समिति गठन गरेको हो ।  शुक्रबार मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्य छानबिन समिति गठन गरेको हो ।

विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायहरु सहितको प्रतिवेदन ७ दिनभित्र समितिले पेश गर्नुपर्ने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यही फागुन ९ गते सोमबार राति कतार उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा भिसा र पासपोर्टबिनै रौतहटका भस्पम आलम प्रवेश गरेका थिए । सो घटना विमानस्थलको सुरक्षाका लागि अति संवेदनशिल भएको भन्दै गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।