४ जेठ, २०८१ शुक्रबार

10:08:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिखर इन्स्योरेन्सले चैत्र १ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, क–कसले दिन पाउछन् आवेदन ?

१३ फागुन, २०७८

शिखर इन्स्योरेन्सले ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने

शिखर इन्स्योरेन्सले चैत्र १ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले चैत्र १ गतेदेखि हाल कायम चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको ३० प्रतिशतले अर्थात १०ः३ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा चैत्र २१ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक काम एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन्

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।