३ जेठ, २०८१ बिहिबार

07:16:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्ला

१३ फागुन, २०७८

नेसनल लाइफ इन्सुरेन्स, आइसीएफसी फाइनान्स, नेपाल लाइफ इन्सुरेन्स र नेपाल ग्रामीण विकास लघुवित्तको संस्थापक सेयर शुक्रबारदेखि लिलामी बिक्री खुल्ला

४ कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्ला

काठमाडौं
४ वटा कम्पनीको सेयर लिलामी शुक्रबारदेखि बिक्री खुल्ला भएको छ । प्रुडेन्सिल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयर शुक्रबारदेखि लिलामी बिक्री खुल्ला गरेको हो । कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्स, आइसीएफसी फाइनान्स, नेपाल लाइफ इन्सुरेन्स र नेपाल ग्रामीण विकास लघुवित्तको संस्थापक सेयर शुक्रबारदेखि लिलामी बिक्री खुल्ला गरेको हो ।

कम्पनीले नेपाल लाइफ इन्सुरेन्सको ५० हजार, नेसनल लाइफ इन्सुरेन्सको १ लाख, नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता र आइसीएफसी फाइनान्सको ४८ हजार कित्ता सेयर लिलामीमा बिक्री खुल्ला गरेको हो ।  नेसनल लाइफको सेयरमा न्यूनतम ३९० रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्सको सेयरमा ९०० रुपैयाँ, आइसीएफसी फाइनान्सको सेयरमा १९५ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ३७५ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य राखेर आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल बबरमहलस्थित कार्यालयमा फागुन २० गते बैंकिङ समयसम्म निवेदन पेस गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।