४ जेठ, २०८१ शुक्रबार

08:42:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

१३ फागुन, २०७८

इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०५२६३ प्रतिशत लाभांश वितरण गर्ने

सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

काठमाडौं
सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। फागुन १२ गते बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले घोषणा गरेको उक्त प्रस्तावित लाभांश बीमा समितीबाट पारित भइ  इन्स्योरेन्सको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।