८ मंसिर, २०८१ शनिबार
12:16:26 AM
१२ फागुन, २०७८
अख्तियार श्रोतका अनुसार थकाली भान्साघरका स्ञ्चालकको समेत मिलेमतो देखिएको र खरिदार बस्नेतको साथबाट १ लाख रुपैयाँ र होटलको काउन्टरबाट ३५ हजार रुपैयाँ नगद बरामद भएको छ ।
काठमाडौं । काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयका खरिदारसहित तीन जना घुस लिंदालिंदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
बिहीबार साँझ सेवाग्राहीलाई काठमाडौं–७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छाघरमा बोलाएर घुस लिइरहेको अवस्थामा खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । उनीसँगै विचौलियाको काम गर्दै आएका विनोद श्रेष्ठ र होटल व्यवसायी मीना मगर पनि पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियार श्रोतका अनुसार थकाली भान्साघरका स्ञ्चालकको समेत मिलेमतो देखिएको र खरिदार बस्नेतको साथबाट १ लाख रुपैयाँ र होटलको काउन्टरबाट ३५ हजार रुपैयाँ नगद बरामद भएको छ ।