४ जेठ, २०८१ शुक्रबार

02:38:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा नेशनल हाइड्रोपावरको सेयरमूल्य समायोजन

१२ फागुन, २०७८

कम्पनीको १८ दशमलव ५२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३ सय ५० रूपैयाँ १४ पैसा कायम हुनेगरी मूल्य समायोजन

नेप्सेमा नेशनल हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाडौं
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।  कम्पनीको १८ दशमलव ५२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३ सय ५० रूपैयाँ १४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको नेप्सले जनाएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले चुक्ता पूँजीको १०ः५ को अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्रै लाभांश लिन र साधारण सभामा भाग लिन सक्नेछन् ।