३ जेठ, २०८१ बिहिबार

08:01:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस रिजल्ट

१२ फागुन, २०७८

भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर हाता पारेका छन्र ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस रिजल्ट

काठमाडौं
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले फागुन ४ गते बुधबारदेखि फागुन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) फागुन १२ गते बिहीबार बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीको आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको हो । सो आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएका छ ।आईपीओको लक्की नम्बर ६ रहेको छ ।  कम्पनीको आईपीओमा २५ लाख २५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए ।

उक्त आईपीओमा आवेदन दिने मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । २५ लाख ७९ हजार ४ सय २ जना आवेदकले दिएको आवेदन योग्य भएको  बिक्री प्रबन्धकले जनाएको छ । उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर हाता पारेका छन्र ।

लघुवित्तको आईपीको नतिजा विभिन्न तरिकाबाट हेर्न सकिन्छ । लघुवित्तको आईपीओको रिजल्ट सीडीएस एण्ड क्लियरिङ्गको मेरो शेयरको वेवासइट https://meroshare.cdsc.com.np/#/login, सीडीएसले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेबसाइट  https://iporesult.cdsc.com.np/, लघुवित्तको वेवसाइट http://www.rulbsl.com/ र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेवसाइट https://www.niblcapital.com/ बाट हेर्न हेर्न सकिन्छ ।