३ जेठ, २०८१ बिहिबार

11:26:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ५८.९९ अंकले ओरालो, हिमालयन जनरल इन्स्योरेन्सको सेयर ९.९१ प्रतिशतले बढ्यो

१२ फागुन, २०७८

युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाउन पुगका छन् ।

सेयर बजार ५८.९९ अंकले ओरालो, हिमालयन जनरल इन्स्योरेन्सको सेयर ९.९१ प्रतिशतले बढ्यो

काठमाण्डौं

साताको अन्तिम दिन बिहिबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक ठूलो अंकले घट्दा सबै उपसमुहहरुको सेयर घट्न पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको छ । बिहिबार  नेप्से २.१७ प्रतिशतले घट्दा  सेन्सेटिभ परिसूचक पनि १०.३६ अंकले घटेर ५०७.५८ विन्दुमा झरेको हो । 

कूल २ सय २९ वटा कम्पनीको ८४ लाख ९० हजार ६ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । यस दिन सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । 

बिहीबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ९७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले बढेर ७ सय ६५ रूपैयाँ पुगेको छ । 

बिहिबार युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाउन पुगका छन् ।