३ जेठ, २०८१ बिहिबार

05:44:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६२ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ, आजै अदालतमा पेश

Nepal Business

१२ फागुन, २०७८

६२ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ, आजै अदालतमा पेश

काठमाण्डौं

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ३८ वर्षिय विश्वनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले प्रतिवादी अधिकारीलाई काठमाण्डौंस्थित तारकेश्वरबाट पक्राउ गरेको हो । 

अधिकारीले आफ्नो बैंक खातामा प्रयाप्त रकम नभएको जानी–जानी जाहेरवालालाई भुक्तान हुन्छ भनी चेक दिएका थिए । तर खातामा प्रयाप्त रकम नभएपछि चेक भुक्तान भएन । 

चेक भुक्तान नभएपछि उनी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भयो । अदालतले उनलाई ६२ लाख आठ हजार रुपैयाँ जरिवाना र १० दिन कैदको फैसला सुनाएको छ ।