५ जेठ, २०८१ शनिबार

09:55:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

१२ फागुन, २०७८

नेशनल हाइड्रोपावरका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने

नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

काठमाडौं
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने फागुन १२ गते बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीको २५ औँ वार्षिक साधारण सभा फागुन ३० गते, सोमबार विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुगल माध्यमबाट सुरु हुने छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साथै, कम्पनीले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको १०ः५ को अनुपातमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्रै लाभांश लिन र साधारण सभामा भाग लिन सक्नेछन् ।