१५ बैशाख, २०८१ शनिबार

02:40:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नक्कली जग्गाधनी पूर्जा देखाई ठगी गरेको अभियोगमा एक जना पक्राउ

Nepal Business

१२ फागुन, २०७८

नक्कली जग्गाधनी पूर्जा देखाई ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डौं

नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका–८ वतन भएका ३९ वर्षीय हित बहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनि बैना गर्न लगाई आफूलाई ठगी गरेको भनि पीडितले दिएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले हित बहादुरलाई कपनबाट पक्राउ गरेको हो ।  प्रहरीले आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ । 

हित बहादुरले आफूले जग्गाको बैंना बुझाउदा पनि जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा हित बहादुरको नाममा नभएको खुल्न आएको थियो । 

पिडितका अनुसार काठमाडौं साँखुस्थित साल्खा–६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना जग्गा ३५ लाख रुपैयाँ मै दिन्छु भनि धनीपूर्जा र नक्शाको फोटो कपी दिई ३५ दिनमा राजिनामा पास गरिदिन्छु भनी जग्गाको बैनाको कागज बनाएर पटक–पटक गरी बैंक खातामा पीडितबाट ३३ लाख रुपैयाँ जम्मा गर्न लगाई विभिन्न बहानामा जग्गा पास नगरी झुलाएको थियो ।