३ जेठ, २०८१ बिहिबार

01:11:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

१२ फागुन, २०७८

कम्पनीको आईपीओमा ६ लाख ७५ हजार ७६९ आवेदकबाट ८० लाख २७ हजार ३४० कित्ताका लागि आवेदन परेको छ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमा नै माग भन्दा १० गुणा बढी आवेदन परेको छ । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणमा साधारण सेयर आईपीओ निष्काशन गरेको छ ।  बुधबार साँझ ६ बजेसम्म कम्पनीको आईपीओमा ६ लाख ७५ हजार ७६९ आवेदकबाट ८० लाख २७ हजार ३४० कित्ताका लागि आवेदन परेको छ। यो सर्वसाधारणमा माग गरिएको भन्दा १०.३६ गुणाले बढी हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो ।  जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा फागुन १५ गतेदेखि ढीलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।