४ जेठ, २०८१ शुक्रबार

12:06:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

१२ फागुन, २०७८

बलेफी हाइड्रोपावरको आईपीओमा फागुन १९ गते बैंकि समयसम्म आवेदन दिन सकिने

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौं
बलेफी हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीको आईपीओमा माग भएजति आवेदन नपरेका कारणले आवेदन दिने समय थप गरिएको हो । उक्त आईपीओमा अब फागुन १९ गते बैंकि समयसम्म आवेदन दिन सकिने छ । यस अघि आईपीओमा आवेदन दिने समय छिटोमा फागुन १२ गतेसम्म भनिएको थियो ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशतले हुने १८ लाख २७ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले उक्त आईपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर र महालक्ष्मी विकास बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।