३ जेठ, २०८१ बिहिबार

02:39:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिहीबार बाँडफाँड हुँदै, ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर पाउने

१२ फागुन, २०७८

२५ लाख ५५ हजार १ सय ७६ जनाको हात खाली

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिहीबार बाँडफाँड हुँदै, ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर पाउने

काठमाडौं
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयर( आईपीओ) फागुन १२ गते बिहीबार बाँडफाँड हुँदै छ। आज ( बिहीबार) दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार बुधबार प्रि अलटमेन्टको सकिएको छ ।

लघुवित्तले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।

लघुवित्तको आईपीओमा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयरको लागि आवेदन परेको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ । भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर पाउनेछन्। बाँकी २५ लाख ५५ हजार १ सय ७६ जनाको भने हात खाली हुनेछ ।