५ जेठ, २०८१ शनिबार

11:11:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ठूला जलविद्युत आयोजनामा लगानी गर्न भारत सकारात्मक

११ फागुन, २०७८

ठूला जलविद्युत आयोजनामा लगानी गर्न भारत सकारात्मक

नेपाल विजनेश समाचारदाता,
काठमाडौं । भारत सरकारले नेपालका ठूला जलविद्युत् आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । उसले नेपालमा उत्पादित विजुली खरिद गर्नै विस्वास पनि दिलाएको छ । 

काठमाडौंमा बुधबारबाट सुरु भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समितिको बैठकमा  भारतीय अधिकारीहरुले संयुक्त लगानीका लागि प्रस्ताव पेश गरेको छ । उसले सम्भव भएमा एकल लगानी पनि लगाउन सक्ने जनाउ दिएको छ। बैठक होटल हायत रिजेन्सीमा जारी छ । 

यसअघि भारतले अरुण तेस्रोमा लगानी गरेको थियो । संयुक्त लगानीका परियोजना भने छैन । तर त्यो प्रस्तावमा नेपाललाई कतिको लाभ हुने भन्ने कुराको यकिन गरिएको छैन । बैठकमा सहभागि एक नेपाली अधिकारीले भने नेपाललाई अधिकतम फाइदा हुने गरी काम गर्न सकिने बताउनुभएको छ । 
तर भारतले कानूनी प्रक्रिया सहज पार्न अनुरोध पनि गरेको जनाइएको छ ।