४ जेठ, २०८१ शुक्रबार

03:47:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र बजार १५ अंकले घट्यो : जलविद्युत् उपसमूह बढ्यो

Nepal Business

११ फागुन, २०७८

प्रभु बैंक डिवेञ्चर २०८४ का लगानीकर्ताले सर्वाधिक ३.९६ प्रतिशतले गुमाए

धितोपत्र बजार १५ अंकले घट्यो : जलविद्युत् उपसमूह बढ्यो

काठमाडौँ, ११ फागुन । धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १५ अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १५.५० अङ्कले घटेर दुई हजार ७२०.४३ मा पुगेको छ । यस्तै सेन्सेभिट परिसूचक ५.२२ अङ्कले घटेर ५१७.९३ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १५.५० अङ्कले घटेर दुई हजार ७२०.४३ मा पुगेको छ । यस्तै सेन्सेभिट परिसूचक ५.२२ अङ्कले घटेर ५१७.९३ मा पुगेको छ ।

बुधबार कूल २२८ कम्पनीका ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर रु तीन अर्ब १३ करोड १२ लाख १० हजार २८२ मा खरिदबिक्री भयो । कारोबार भएका १३ उपमूहमध्ये जलविद्युत् र  सामूहिक लगानी कोषको परिसूचक मात्र बढेको छ ।

जलविद्युत् परिसूचक ३५.६६ र सामूहिक लगानी कोष ०.१३ अङ्कले बढ्दा बैंकिङ ९.६९, व्यापार ३१.२२, होटल तथा पर्यटन ३१, विकास बैंक ४०.९२, वित्त १३.४, निर्जीवन बीमा ११०.४६, उत्पादन ८२.१२, अन्य ४८.४३, लघुवित्त २६.१३, जीवन बीमा ८१.२६ र लगानी ०.१५ अङ्कले घटेको छ ।

घटेको बजारमा बुधबार सबैभन्दा बढी दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड मर्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए भने प्रभु बैंक डिवेञ्चर २०८४ का लगानीकर्ताले सर्वाधिक ३.९६ प्रतिशतले गुमाए ।