७ मंसिर, २०८१ शुक्रबार
08:06:56 PM
११ फागुन, २०७८
५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं
पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।