३ जेठ, २०८१ बिहिबार

11:31:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत

११ फागुन, २०७८

बुधबार नेप्सेमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस सेयर सूचिकृत

नेप्सेमा ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बुधबार नेप्सेमा बुधबार गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस बापतको ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।