४ जेठ, २०८१ शुक्रबार

12:36:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा १५.५० अंकको गिरावट, सर्वाधिक कारोबारमा नेपाल टेलिकम

Nepal Business

११ फागुन, २०७८

सेयर बजारमा १५.५० अंकको गिरावट, सर्वाधिक कारोबारमा नेपाल टेलिकम


काठमाण्डौं
साताको चौथो दिन बुुधबार सेयर बजारमा गिरावट देखिएको छ । सोमबार र मंगलबार लगातार रुपमा दोहोरो अंकले बढेको नेप्से बुधबार दोहोरो अंकले नै घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको छ । आज नेप्से ०.५७ प्रतिशतले घटेको हो । यसैगरी सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ५१७.९३ विन्दुमा झरेको छ । 

कूल २ सय २८ वटा कम्पनीको ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्यूचूअल फण्ड र हाइड्रोपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

यसै दिन पनि नेपाल टेलिकमको नै सर्वाधिक कारोबार भएको छ । टेलिकमको १९ करोड ३७ लाख ८५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार युनाइटेड ईदी मार्दी हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड ईदी मार्दीको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार १० रुपैयाँ १० पैसा र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५९ रूपैयाँ ७० पैसा पुगेको छ ।

बुधवार प्रभु बैंक डिबेञ्चर २०८४ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ३.९६ प्रतिशतले घटेर ९ सय ५० रूपैयाँ ८० पैसामा झरेको छ ।