२४ बैशाख, २०८१ सोमबार

09:17:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्रको बलियो आधार कृषि

Nepal Business

११ फागुन, २०७८

अर्थतन्त्रको बलियो आधार कृषि

पाल्पा
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताउनुभएको छ । 

रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३औँ वार्षिकोत्सव तथा १३औँ परिषद् भेलालाई सम्बोधन गर्दै उहाँले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी वढाउन आवश्यक छ भन्नुभयो ।  यस आयोजनाबाट रामपुर नगरपालिका–३, ४, ५, ६ र ७ का करिब १ हजार २३० हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ । 

करिब तीन दशक इतिहास बोकेको यस आयोजना सञ्चालनमा आएपछि धान, गहुँ, मकै, तरकारी लगायतका विभिन्न बालीनाली उत्पादन हुने गर्छ ।