२२ बैशाख, २०८१ शनिबार

01:57:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाँचथर पावरको ७८ लाख ८४ हजार कित्ता संस्थापक सेयर साधारणमा परिणत

११ फागुन, २०७८

फागुन २३ गतेदेखि पाँचथर पावर कम्पनीको ७८ लाख ८४ हजार ३४० कित्ता सेयर दोस्रो बजारमा कारोबारमा आउने

पाँचथर पावरको ७८ लाख ८४ हजार कित्ता संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं
पाँचथर पावर कम्पनीको संस्थापक सेयर र आयोजना प्रभावित सेयर साधारण सेयरमा परिवर्तन भएको छ ।  पाँचथर पावर कम्पनीअन्तर्गत सञ्चालित हेवा खोला ’ए’ जलविद्युत आयोजनाको लागि लगानी गरिएको संस्थापक र आयोजना प्रभावित सेयर सर्वसाधारणमा परिणत गरिएको हो।

७८ लाख ८४ हजार ३ सय ४५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार संस्थापक सेयरधनीको ७७ लाख कित्ता र आयोजना प्रभावित स्थानीयको १ लाख ७४ हजार ७५० कित्ता गरी कुल ७८ लाख ८४ हजार ३४० कित्ता सेयर सर्वसाधारणमा परिणत भएको हो।

१४.९ मेगावाटको हेवा खोला ’ए’ जलविद्युतले आयोजना प्रभावित बासिन्दाका लागि १ लाख ७४ हजार ७ सय ५० कित्ता र कर्मचारीलाई ९ हजार ५ सय ९८ कित्ता सेयर बाँडफाँड गरेको थियो।  फागुन २३ गतेपछि उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउने कम्पनीले जनाएको छ। बुधबारको अन्तिम कारोबार अनुसार पाँचथर पावर कम्पनीको सेयर मूल्य ५३० रुपैयाँ कायम रहेको छ ।