१९ मंसिर, २०८१ बुधबार
02:18:46 PM
११ फागुन, २०७८
भाग्यमानी ७९ हजार ४ सय ५० जनाले मात्र सेयर पाउने
काठमाडौं
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयर( आईपीओ) फागुन १२ गते बिहीबार बाँडफाँड हुने भएको छ। बिहीबार ३ बजे आईपीओ बाँडफाँड हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार बुधबार प्रि अलटमेन्टको सकिएको छ ।
लघुवित्तले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।
लघुवित्तको आईपीओमा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयरको लागि आवेदन परेको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ । भाग्यमानी ७९ हजार ४ सय ५० जनाले मात्र सेयर पाउनेछन्। बाँकी २५ लाख ५५ हजार १ सय ७६ जनाको भने हात खाली हुनेछ ।