१७ असार, २०८२ मंगलबार

06:32:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार नेप्सेमा १० लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत

११ फागुन, २०७८

बुधबार नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो।

बुधबार नेप्सेमा १० लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा बैंकको १३.३० प्रतिशत बोनस बापतको १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता सेयर सूचिकृत भएको हो ।

बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।