४ जेठ, २०८१ शुक्रबार

04:53:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हालसम्म बलेफी हाइड्रोपावरको आईपीओमा ६ करोड ६६ लाख रूपैयाँ बराबरको पर्याे आवेदन, कहिलेसम्म भर्न पाइन्छ ?

११ फागुन, २०७८

हालसम्म ३ हजार ८ सय १९ जना आवेदकले ६ करोड ६६ लाख ३७ हजार रूपैयाँ बराबरको ६ लाख ६६ हजार ३ सय ७० कित्ताका लागि आवेदन पर्याे

हालसम्म बलेफी हाइड्रोपावरको आईपीओमा  ६ करोड ६६ लाख रूपैयाँ बराबरको पर्याे आवेदन, कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीआमा ६ करोड ६६ लाख ३७ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुको लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । कम्पनीको आईपीओमा हालसम्म ३ हजार ८ सय १९ जना आवेदकले ६ करोड ६६ लाख ३७ हजार रूपैयाँ बराबरको ६ लाख ६६ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।


कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशतले हुने १८ लाख २७ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताहरुले उक्त आईपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर र महालक्ष्मी विकास बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।