१८ बैशाख, २०८१ मंगलबार

09:01:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कारवाहीस्थलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

Nepal Business

२४ मंसिर, २०७८

कारवाहीस्थलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं, २४ मङ्सिर । सवारी चालकहरुले ट्राफिक नियम उल्लङ्घन गरे पश्चात नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब कारबाही स्थलबाटै भुक्तान गर्न सकिने भएको छ ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तत्कालै पैसा तिरेपछि आफ्नो कागजपत्र फिर्ता लिन सकिने गरी नया व्यवस्था लागू गरिएको जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’को शुरुवात गर्नु भएको हो ।

एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त बनाउँदै लगिएको बताउनुभयो । यसअघि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्था थियो । उक्त व्यवस्थालाई परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको आजदेखि शुरू गरिएको हो ।

पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच ट्राफिक कार्यालयबाट शुरु गरिएको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत विस्तार गर्ने महाशाखाले जनाएको छ । 

मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लङ्घन गरेका चालकले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ ।