४ जेठ, २०८१ शुक्रबार

12:44:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ सारथी लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

११ फागुन, २०७८

कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने

नयाँ सारथी लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

काठमाडौं
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ  ।  फागुन १० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले लघुवित्त कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ  ।