१७ बैशाख, २०८१ सोमबार

06:51:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लण्डनमा नेपाल डे मनाईने, नेपालको पर्यटन क्षेत्र बारे प्रचार प्रसार गरिने

Nepal Business

११ फागुन, २०७८

नेपाली राष्ट्रिय गीतको अङ्ग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ । नेपाली भेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताउनुभयो ।

लण्डनमा नेपाल डे मनाईने, नेपालको पर्यटन क्षेत्र बारे प्रचार प्रसार गरिने

बेलायत । 
बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले आउँदो फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत जानकारी गराउनुभएको छ । 

यस अस्पतालमा ७८ देशका मानिस विभिन्न पदमा कार्यरत रहेका छन् । कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ बनाएर काम भईरहेको छ । उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहनुभएकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायत नेपाली आवद्ध छन् ।

कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको उक्त समूहका अनुसार सो दिन दिनको १२ बजे नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरू गरिने र नेपाली राष्ट्रिय गीतको अङ्ग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ । नेपाली भेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताउनुभयो ।

नेपालको भौगोलिक र ऐतिहासिकता झल्काउने विभिन्न पर्यटकीयस्थल समेटिएको श्रव्यदृश्य सामग्री समेत त्यस अवसरमा प्रर्दशन गरिने जनाईएको छ । यसका साथै अस्पतालको कार्यक्रमस्थलमा नेपाली कला, सङ्गीत तथा अन्य रमणीय स्थानका तस्वीर र नेपाली कला प्रदर्शनी गरिने रस्मितासिंह दर्लालीले जानकारी दिनुभयो । अस्पतालमा करिब १५० नेपाली कार्यरत छन् । रासस