१४ बैशाख, २०८१ शुक्रबार

06:52:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिरा एयरको औपचारीक उडान सुरु

Nepal Business

२ जेठ, २०७९

योसंगै अन्य अन्तराष्ट्रिय उडानका लागि भैरहवा विमानस्थलमा बाटो खुलेको छ । नेपालमा एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल रहेकोमा अब २ वटा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् ।

गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिरा एयरको औपचारीक उडान सुरु

काठमाण्डौ । सोमबारदेखी गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल औपचारीक रुपमा सञ्चालनमा आएको छ ।

विहान कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेसंगै अन्तराष्ट्रिय व्यवसायीक उडान सुरु भएको छ । विमानस्थलको सोमबारनै प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नेकार्यक्रम रहेको छ ।

योसंगै अन्य अन्तराष्ट्रिय उडानका लागि भैरहवा विमानस्थलमा बाटो खुलेको छ । नेपालमा एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल रहेकोमा अब २ वटा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् ।

यसैगरी पोखरामा पनि अन्तराष्ट्रि विमानस्थल निर्माणको काम अगाडि बढिरहेको छ । कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ।

नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको लागि जजिराले अनुमति पाएको थियो । जजिराले बुद्ध जयन्ती अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत - भैरहवा -कुवेत  उडान गर्नेछ।

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुवेतबाट उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ।

भर्खरैमात्र निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्नेछ।