१८ बैशाख, २०८१ मंगलबार

10:53:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

करणी मुद्दाका फरार २१ वर्षपछि पक्राउ

Nepal Business

२४ मंसिर, २०७८

करणी मुद्दाका फरार २१ वर्षपछि पक्राउ


काठमाडौँ, २४ मंसिर । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि आज पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको विसं २०५७ असार २३ को फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलबाट पक्राउ गरेको हो ।

अदालतले ८ वर्षीया बालिकालाई करणी गरेको ठहर गरेको थियो । तत्कालिन समयमा २० वर्षका रहेका थापाले विसं २०५५ जेठ १२ गते घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । रासस

यसैबीच ब्यूरोले वन्यजतुको अङ्गसहित चार जनालाई काठमाडौँ महानगरपालिका १५ चमतीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका विशाल सुनारी र टोपबहादुर राना, पश्चिम रुकुमका हरिबहादुर खड्का तथा रौतहटका धनबहदुर विश्वकर्मा छन् ।