७ मंसिर, २०८१ शुक्रबार
07:59:52 PM
१० फागुन, २०७८
६ हजार ६ सय ४ पिसिआर परिक्षणका क्रममा २ सय ९९ जना र २ हजार ८ सय २० एन्टीजेन परीक्षणका क्रममा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय ४ पिसिआर परिक्षणका क्रममा २ सय ९९ जना र २ हजार ८ सय २० एन्टीजेन परीक्षणका क्रममा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २८ जनाको मृत्यु भएको छ । २४ घण्टामा थप ८ सय ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५३ हजार ४ सय ३० जना निको भएका छन् । हाल नेपालमा १० हजार ७ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।