४ जेठ, २०८१ शुक्रबार

04:40:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार १७.४२ अंकले उकालो, मैलुङ खोला जलविद्युतको सेयरमूल्यमा सर्किट

१० फागुन, २०७८

सेयर बजार १७.४२ अंकले उकालो, मैलुङ खोला जलविद्युतको सेयरमूल्यमा सर्किट

काठमाण्डौं
साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक उकालो लागेको छ । बिहानको प्रि ओपन सेसनमा २६.५१ अंकले बढेको सेयर बजार १७.४२ अंंकमा पुगेर बन्द भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ । आज नेप्से ०.६४ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ४.३६ अंकले बढेर ५२३.१५ विन्दुमा झरेको छ । 

कूल २ सय २८ वटा कम्पनीको ६० लाख ८१ हजार ६ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २१ करोड २८ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये मंगलबार उत्पादन तथा प्रशोधन र लगानी समूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । मंगलबार पनि नेपाल टेलिकमको नै सर्वाधिक कारोबार भएको छ । टेलिकमको २१ करोड ४९ लाख ६७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ८२ रुपैयाँ पुगेको छ ।

मंगलबार एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य २.६९ प्रतिशतले घटेर ४ सय ७० रूपैयाँमा झरेको छ ।