३ जेठ, २०८१ बिहिबार

12:38:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकको बोनस सेयर सूचिकृत

१० फागुन, २०७८

प्रभु बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो ।

नेप्सेमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ बैंकको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा प्रभु बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।  नेप्समा मंगलबार प्रभु बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै, ग्लोबल आईएमई बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ कित्ता सेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।