३ जेठ, २०८१ बिहिबार

09:34:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

१० फागुन, २०७८

मंगलबार नेप्सेमा बुटवल पावर कम्पनी लिमिटेड र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ

मंगलबार नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

काठमाडौं
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा बुटवल पावर कम्पनी लिमिटेड र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

मंगलबार नेप्सेमा बुटवल पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको २९ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै, मंगलबार नेप्सेमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।