३ जेठ, २०८१ बिहिबार

11:31:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि–ओपनिङमा सेयर बजारमा हरियाली, २६.५१ अंकले बढ्यो

Nepal Business

१० फागुन, २०७८

प्रि–ओपनिङमा सेयर बजारमा हरियाली, २६.५१ अंकले बढ्यो

काठमाण्डौं

प्रि–ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ । मंगलबार सेयर बजार १२ बजेर २८ मिनेटमा २६.५१ अंकले बढेको छ । बजार २६.५१ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ७ सय ४५.०३ विन्दुमा पुगेको हो । सोमबार सेयर बजार २५.४१ अंकले बढेको थियो । 

यस्तै डेढ घन्टामा १८ लाख २१ हजार चार सय ४४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ५६ लाख ३७ हजार आठ सय ८२ रुपैयाँमा कारोबार भइएको छ ।

यस अवधिसम्म म्युचल फण्ड बाहेक सबै उपसमुहमा हरियाली छाएको छ । कम्पनीतर्फ  युनाइटेड आइडीआई आरबी हाइड्रोपावर लिमिटेड ९.९९ प्रतिशत, मैलुङ खोला विद्युत कम्पनी लिमिटेड ८.०६ प्रतिशत र बुद्ध भूमि नेपाल नेपाल हाइड्रो कम्पनी लिमिटेडले ४.९६ प्रतिशतले बढेको छ ।