४ जेठ, २०८१ शुक्रबार

02:55:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७ ओटा लघुवित्त कम्पनीहरु आईपिओ निष्कासनको तयारीमा, कुन कुन लघुवित्तले ल्याउँदै छन् ?

९ फागुन, २०७८

कम्पनीहरुले कुल २३ लाख ४ हजार ५८६ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।

७ ओटा लघुवित्त कम्पनीहरु आईपिओ निष्कासनको तयारीमा, कुन कुन लघुवित्तले ल्याउँदै छन् ?

काठमाण्डौं
लामो समयको अन्तराल पछि आईपिओ निष्कासनले तिब्रता लिइरहेको छ । माघ महिनाको तेस्रो हप्तादेखि शुरु भएको आईपिओ निष्कासनले निरन्तरता पाउँदै गएको छ । यसै क्रममा  ७ ओटा लघुवित्त वित्तीय कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । यी कम्पनीहरुले कुल २३ लाख ४ हजार ५८६ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।

७ ओटा कम्पनीमध्ये तीन कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । सिवाईसी नेपाल लघुवित्त, आर्दश लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।

आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि कम्पनीहरुले आईपीओ निष्कासन गर्नेछन् । बाँकी ४ ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका छन् ।

अभियान लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर  लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका हुन् ।