४ जेठ, २०८१ शुक्रबार

02:27:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार नेप्सेमा राष्ट्र बैंकबाट निष्कासित ३ विकास ऋणपत्र सूचीकृत

९ फागुन, २०७८

सोमबार नेप्सेमा २०८० ‘ङ’, २०८२ ‘ङ’ र २०८० ‘च’ विकास ऋणपत्र सूचीकृत

सोमबार नेप्सेमा राष्ट्र बैंकबाट निष्कासित ३ विकास ऋणपत्र सूचीकृत

काठमाडौं
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको ३ वटा विकास ऋणपत्र सूचीकृत भएको छ। सोमबार नेप्सेमा नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकबाट निष्कासित विकास ऋणपत्र सूचीकृत भएको हो । सोमबार नेप्सेमा २०८० ‘ङ’, २०८२ ‘ङ’ र २०८० ‘च’ सूचीकृत भएका हुन्। राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र २०८० ‘ङ’ गत माघ १२ गते निष्कासन गरेको थियो।  यो विकास ऋणपत्रको अवधि २ बर्षको रहेको छ । यसमा लगानीकर्ताले ५ दशमलव ७४ प्रतिशत ब्याज पाउँनेछन्।

 यस विकास ऋणपत्रको साँवा भुक्तानी २०८० माघ १२ गते हुनेछ । त्यस्तै, राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र २०८० ‘ङ’ गत माघ १७ गते निष्कासन गरेको थियो। यो विकास ऋणपत्रको अवधि ४ बर्षको रहेको छ । यसमा लगानीकर्ताले ५ दशमलव ७२ प्रतिशत ब्याज पाउँनेछन्। यसको साँवा भुक्तानी २०८२ माघ १७ गते हुनेछ।

त्यस्तैगरी, केन्द्रीय बैंकले ९ अर्ब ५० करोडको विकास ऋणपत्र २०८० ‘च’ गत माघ २६ गते निष्कासन गरेको थियो। यसको अवधि २ बर्ष रहेको छ । यसमा लगानीकर्ताले ५ दशमलव ६५ प्रतिशत ब्याज पाउँनेछन्। यसको साँवा भुक्तानी २०८० माघ २६ गते हुनेछ।