७ मंसिर, २०८१ शुक्रबार
07:41:02 PM
९ फागुन, २०७८
५ हजार २२५ जनामा पीसीआर परीक्षण गर्दा २४७ र २ हजार ९१५ जनामा एन्टिजेन परीक्षण गर्दा १४१ जना गरी थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं
पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनामा पीसीआर परीक्षण गर्दा २४७ र २ हजार ९१५ जनामा एन्टिजेन परीक्षण गर्दा १४१ जना गरी थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ । जसमध्ये १० हजार ८१९ जना होम आइसोलेसनमा रहेका छन् भने ४६३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।