४ जेठ, २०८१ शुक्रबार

02:01:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हालसम्म कतिले खोले डिम्याट खाता ?

९ फागुन, २०७८

हालसम्म ४९ लाख ७२ हजार ९०२ जनाले डिम्याट खाता खोलेका छन् भने ४० लाख ८२ हजारले मेरो सेयर प्रयोग गरेका छन ।

हालसम्म कतिले खोले डिम्याट खाता ?

काठमाडौं
करिब ५ महिनाको अन्तरालपछि कम्पनीहरुले आईपीओ निष्कासन गर्न थालेका छन् । लामो समयको अन्तरालपछि नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओको अनुमति दिएको थियो । कम्पनीहरुले आईपीओ निष्कासन गर्न अनुमति पाएसँगै सेयर भर्नको लागि पछिल्ला दिनहरुमा डिम्याट खोल्नेको संख्या पनि बढ्न थालेको छ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएका मध्ये केही कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् भने केही कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् । आईपीओ भर्नको लागि आवश्यक हुने भनेको डिम्याट खाता हो । डिम्याट खाता नखोलेका लगानिकर्ताहरुले कम्पनीले निष्कासन गर्ने आईपीआमा आवेदन दिन पाउँदैनन् ।

हालसम्म ४९ लाख ७२ हजार ९०२ जनाले डिम्याट खाता खोलेको सीडीएससीले जनाएको छ ।  त्यस्तै, धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक पर्ने मेरो सेयर खोल्नेको संख्या पनि दिनप्रति दिन बढ्दै गहिरहेको छ । हालसम्म  मेरो सेयर प्रयोेग गर्ने प्रयोगकताको संख्या ४१ लाख नजिक पुगेको छ। अहिलेसम्म ४० लाख ८२ हजार ६ सय १५ जना प्रयोगकताले मेरो सेयर प्रयोग गर्ने गरेका छन् ।