३ जेठ, २०८१ बिहिबार

05:44:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति कित्ता ?

९ फागुन, २०७८

सोमबार नेप्सेमा गुडविल फाइनान्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडको बोनस सेयर नेप्समा सूचिकृत भएको हो ।

सोमबार नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति कित्ता ?

काठमाडौं
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  विभिन्न २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा  गुडविल फाइनान्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडको बोनस सेयर नेप्समा सूचिकृत भएको हो । नेप्समा सोमबार गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९ दशमलव १ प्रतिशत बोनस बापतको ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ दशमलव १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ दशमलव ९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

त्यस्तै, सोमबार नेप्समा नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।