३ जेठ, २०८१ बिहिबार

06:41:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से परिसूचक २५.४१ अंकले बढ्यो, सबै उपसमुहको सेयर मूल्यमा बृद्धि

Nepal Business

९ फागुन, २०७८

नेप्से परिसूचक २५.४१ अंकले बढ्यो, सबै उपसमुहको सेयर मूल्यमा बृद्धि

काठमाण्डौं
साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढ्न पुग्दा कारोबार हुने १३ वटै उपसमूह उकालो लागेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । आज नेप्से ०.९४ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ५.१५ अंकले बढेर ५१८.७९ विन्दुमा झरेको छ । 

कूल २ सय २४ वटा कम्पनीको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ५० लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यसै दिन युनाइटेड ईदी मार्दीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ३४ रुपैयाँ ९० पैसा पुगेको छ ।

सोमबार नबिल डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य १.९५ प्रतिशतले घटेर ८ सय ५७ रूपैयाँमा झरेको छ ।