४ जेठ, २०८१ शुक्रबार

12:20:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूर्या लाइफ इन्स्योरेन्सले सेयर स्वामित्व परिमार्जन गर्ने

९ फागुन, २०७८

सूर्या लाइफ इन्स्योरेन्सले संस्थापक समूहमा ५१ प्रतिशत र सर्वसाधारण समूहमा ४९ प्रतिशत कायम गर्ने

सूर्या लाइफ इन्स्योरेन्सले सेयर स्वामित्व परिमार्जन गर्ने

काठमाडौं
सूर्या लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्न लागेकोे हो । कम्पनीले संस्थापक समूहमा ५१ प्रतिशत र सर्वसाधारण समूहमा ४९ प्रतिशत कायम गर्ने भएको छ ।

हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई परिमार्जन गरि ५१ प्रतिशत कायम गर्न लागिएको हो। कम्पनीको गत पुस १९ गते सम्पन्न साधारण सभाले सेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो ।

सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सोही अनुसारको स्वघोषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन कम्पनीले अनुरोध गरेको छ ।