२३ बैशाख, २०८१ आइतबार

04:43:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

९ फागुन, २०७८

सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

काठमाण्डौं

सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता फागुन १८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ । आयोजक नेपालस्थित पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुने जानकारी दिएको हो । 

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको दुतावासले जनाएको छ । चार समूहमा विभिन्न क्रिकेट क्लव तथा एकेडेमीको सहभागीता रहने बताइएको छ । 

चारवटै समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् । पत्रकार सम्मेलनमा नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले क्रिकेटमा युवाहरुको आकर्षण बढाउनका लागि र खेल प्रतिको भावना बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

यस्तै नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले नेपालको क्रिकेटम पाकिस्तानले गरेको सहयोगको चर्चा गर्नुभयो । प्रतियोगिताको उदघाटन खेलमा पाकिस्तान दूताबासले एचके क्रिकेट क्लब विरुद्ध खेल्ने छ भने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने दुतावासले जनाएको छ । 

भिडियो सहित