३ जेठ, २०८१ बिहिबार

12:15:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूचीकृत संगठित संस्थाको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन नेप्सेको आग्रह

९ फागुन, २०७८

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले आवश्यक विवरण उपलब्ध गराउन सूचीकृत कम्पनीहरूलाई आग्रह गरेको छ ।

सूचीकृत संगठित संस्थाको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन नेप्सेको आग्रह

काठमाडौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन सूचीकृत कम्पनीहरूलाई आग्रह गरेको छ । आइतबार सुचना प्रकाशन गरेर नेप्सेले सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने भएकोले आवश्यक विवरण उपलब्ध गराउन कम्पनीहरुसँग आग्रह गरेको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले सो का लागि संलग्न बमोजिमको ढाँचामा फारम भरी मिति २०७८ फागुन २३ गते सम्ममा कार्यालय समय भित्र प्राप्त हुने गरि वा [email protected]  मा इमेल मार्फत उपलब्ध गराउन नेप्सेले अनुरोध गरेको हो ।